राप्रपा नेपाल नयाँ रणनीति बनाउदै

काठमाण्डु टुडे २०७० पुष १६ गते ३:०६ मा प्रकाशित

Rppn.jpgकाठमाण्डु, १६ पुस–पार्टी बिभाजित भएपछि नयाँ रणनीति अपनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समितिको बैठक मंगलबार बस्दै छ । बैठक दिउँसो एक बजेपछि बस्ने छ ।

समानुपातिक सभासद मनोनयनमा अध्यक्ष कमल थापाले मनोमानि गरेको भन्दै टंक ढकाल नेतृत्वमा २० प्रतिशत केन्द्रीय सदस्यहरुले छुट्टै दल दर्ताको लागि निर्वाचन आयोगमा बुझाएका थिए ।

केन्द्रीय समिति बैठकमा असन्तुष्ट पक्षलाई मनाउने प्रयासबारे छलफल हुने बताइएको छ ।

‘असन्तुष्टको माग सम्वोधन हुन्छ’

यसैबीच संस्थापन पक्षले असन्तुष्ट पक्षको माग सम्वोधन गर्ने प्रयास गरेको छ । पार्टीलाई फुटबाट बचाउन उनीहरुको माग सम्वोधन गर्ने अध्यक्ष कमल थापाको तयारी छ ।

राप्रपा नेपालका नेता चन्द्र बहादुर गुरुङले केही असन्तुष्टि रहे पनि पार्टी बिभाजन नभएको दावी गरे । उनले असन्तुष्ट पक्षको माग सम्वोधन गरी पार्टीलाई एकढिक्का पार्ने जिकीर समेत गरे । ‘असन्तुष्टीलाई सम्वोधन गर्दै पार्टीलाई एकढिक्का पार्न अन्तिमसम्म प्रयास गर्छौं,’ नेता गुरुङले भने, ‘चित्त नबुझे कोही पार्टीबाट जान पनि सक्छन्, तर पार्टी फुट्दैन ।’

निर्वाचन आयोगमा बुझाइएको ४० प्रतिशत मध्ये केही नेताहरु केन्द्रीय सदस्य नै नभएको उनको धारणा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us