
काठमाण्डु, १४ पुस – मोन्सान्टोलगायतका कम्पनीका बीउबीजनको विक्रीमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
यस्ता कम्पनीको विउ विजन वितरण कार्यमा रोक लगाउन माग गर्दै आइतबार अधिवक्ता अर्जुनकुमार अर्यालले रिट दायर गरेका हुन् ।
मोन्सान्टोलगायतका कम्पनीबाट उत्पादन गरिएका विउ विजन बिक्री गर्दा विउविजन खरिदमा विदेशी कम्पनीको भर पनुपर्ने अवस्था आउने र यसले पशुसँगै मान्छेमा समेत गम्भीर स्वास्थ्य समस्या निम्ताउने भन्दै अर्यालले रिट दायर गरेका हुन् ।
रिटमा मोन्सान्टोलगायतका कम्पनीका हाइब्रिड विउका कारण छिमेकी देश भारतमा कैयन किसानले आत्महत्या गर्नुपर्ने अवस्था आएको भन्दै यसबारे राष्ट्रिय नीति बनाउन माग गरिएको छ ।