चीनका राष्ट्रपति रोटी किन्न लाइनमा

काठमाण्डु टुडे २०७० पुष १४ गते ४:२० मा प्रकाशित

C-fingकाठमाण्डु-चिनियाँ राष्ट्रपति सी चिन फिङ्गले पैचिङ्गस्थित एक रोटी पसल पुगेर लाइनमा उभिएर आफैले पैसा दिएर रोटी किनेका छन् । यो कुरा डिसेम्बर अठाईस तारिख बिहानको हो ।

चिनियाँ समाचार संस्था सिन्व्हाका अनुसार सीले सर्वसाधारणसँगै लाइनमा उभिएर आफैले पैसा दिएर रोटी किनेका थिए । राष्ट्राध्यक्ष नै लाइनमा बसेर रोटी किन्न लागेको देखेर अचम्तित भएका सर्वसाधारणले आफ्ना मोबाइलबाट फोटो खिचेका थिए । राष्ट्राध्यक्ष सीले मुस्कानका साथ हातले छेउँका केटा-केटीको टाउको मुसारेका थिए । उनले एक बालकसँग पनि उँभिएर फोटो खिचे ।

हाल सिन्व्हा वेभसाइट बाहेक, जन दैनिक वेभसाइट, केन्द्रीय टेलिभिजन स्टेशनको वेभसाइट लगायतका अधिकांश नेटवर्क सञ्चार-माध्यमहरूले उक्त खबरलाई प्राथमिकताका साथ प्रसारण गरेका छन् ।

C-fing 2

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us