नेपाली जनप्रगतिशल मञ्च बेल्जियमको साधारण सभा सम्पन्न

काठमाण्डु टुडे २०७० पुष १३ गते १४:४८ मा प्रकाशित

Belgकाठमाण्डु, १३ पुस– नेपाली जनप्रगतिशल मञ्च बेल्जियमको वार्षिक साधरण सभा आन्त्वयरपेन बेल्जियममा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै एकीकृत माओवादीका नेता दिनानाथ शर्माले नेपालको वर्तमान संक्रमणकालिन राजनैतिक अवस्था र दलीय सहमतिका आधारमा दोश्रो संविधान सभामा प्रतिनधित्व गर्दै संविधान निर्माणको लागि सबै राजनैतिक दलहरुको आपसी सहमतिबाट अघि बढ्नुपर्ने बताए ।

उनले गणितीय संख्याका आधारमा शक्ति संघर्षका रुपमा अगाडि बढे संविधान निर्माण कठिन हुने बताए । शर्माले चुनावमा धाँधलि र पार्टीका आन्तरिक कारणले पराजय भोग्नुपरेको बताए ।

कार्यक्रममा वनेलक्सका लागि नेपाली राजदुत राममणी पोखरेल, संयक्त नेपाली मोर्चा, युरोपका अध्यक्ष सुरेन्द्र भुसाल, एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ, जनसम्पर्क समिति, बेल्जियमका अध्यक्ष सुवास जोशी, एनडिएफ बेल्जियमका अध्यक्ष अर्जुन गुरुङ, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठक लगायतले नेपाल तथा वेल्जियमको समसामयिक विषयका साथै आफ्नो विचारहरु राखेका थिए ।

कार्यक्रममा एनआरएनकेका महिला विभागकी उपसंयोजिका रजनी प्रधान, एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, क्रान्तिकारी पत्रकार संघ युरोपका संयोजक दधिराज घिमिरे, नेपाली जनसंपर्क समिति, युरोपका महामन्त्री गंगाधर गौतम, संघीय समाजवादी पार्टी, युरोपका संयोजक पिजी शेर्पा, जनजाति सरोकार मंच, युरोपका अध्यक्ष रामबहादुर गुरुङलगायतको उपस्थिती थियो ।

सभाले महासचिव कृष्ण तिवारीको सांगठानिक राजनैतिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण पौडेलको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us