रसुवाका मासु पसल करमा गएनन्

काठमाण्डु टुडे २०७० पुष १३ गते ८:३५ मा प्रकाशित

meat shopरसुवा, १३ पुस– जिल्ला पशुसेवा कार्यालय रसुवाले जिल्लाभित्र सञ्चालित मासु पसलको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा दर्जनौं व्यवसायी करमा नगएको भेटिएपछि १५ दिनभित्र पसल दर्ता गर्न निर्देशन दिइएको अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ अधिकृत कल्पना शर्माले बताइन् ।

पशुपक्षी बधस्थल र बिक्रीस्थल दुवैको छुट्टाछुट्टै दर्ता गर्नसमेत टोलीले निर्देशन दिएको छ ।

पशुसेवा डाक्टर, पत्रकार, प्रहरीसमेतको संयुक्त टोलीले बजार अनुगमन गरेको बताउँदै सहायक प्रजिअ गौतम रिमालले अब सबै प्रकारका व्यवसाय दर्ता नभए त्यस्ता पसलमा तालाबन्दी गरिने चेतावनी दिनुभयो ।

यस जिल्लामा दैनिक आठसय किलोग्राम मासु खपत हुने अनुमान गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us