
महोत्तरी, १२ पुस– महोत्तरीको मटिहानी गाउँ विकास समितिमा कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मटिहानी गाविस ६ का ५५ वर्षका रामनारायण खत्बे रहेको प्रहरी चौकी मटिहानीले जनाएको छ ।
शौच गर्न गइरहेका खत्बे गाउँभन्दा बाहिर रहेको पुल नजिकै पुग्दा चिसोले कामेर लडी मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
महोत्तरीमा चलेको शीतलहर र चिसो हावाबाट जनजीवन प्रभावित भएको छ । रासस