सामूहिक बलात्कारमा संलग्न १० जना पक्राउ

काठमाण्डु टुडे २०७० पुष १२ गते ९:५१ मा प्रकाशित

नयाँ दिल्ली पुस–क्रिसमसको पूर्व सन्ध्यामा भारतको दक्षिणी राज्यको पुडुचेरीमा एक महिलामाथि भएको सामूहिक बलात्कारमा संलग्न १० व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ प्रहरी अधिकारीले भने ‘हामीले सो अपराधमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेका छाँै, ती व्यक्तिहरुमा बलात्कृत महिलाका तीनजना साथी समेत रहेका छन् ।’
२१ वर्षीया ती महिलालाई अपहरण गरी दुई समूहले दुई पटकसम्म बलात्कार गरेको बताइएको छ । हाल ती महिलाको स्थानीय अस्पतालमा उपचार भईरहेको र उनको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।
भारतमा गत वर्ष पनि स्थानीय एक मेडिकल कलेजमा अध्ययनरत एक २३ वर्षीया छात्रा एकजना आफ्नो साथीसँग नयाँ दिल्लीको एक सार्वजनिक बसमा यात्रा गरिरहँदा बस चालकसहित सो बसमा रहेका अन्य ६ जना यात्रुद्वारा बलात्कृत भएकी थिइन् ।
यस घटनाले भारतभर चरम विद्रोह जगाएको थियो । धेरै स्थानमा सरकारी सुरक्षा व्यवस्थाका विरुद्धमा प्रदर्शन भएका थिए ।
प्रदर्शनकारीलाई नियन्त्रण गर्न दङ्गा प्रहरीलाई पनि हम्मेहम्मे परेको थियो र यो घटनाले विश्वकै ध्यान भारततर्फ आकर्षित भएको थियो । सोही घटनापछि भारतमा बलात्कारीलाई कडा कारबाहीको कानुन पनि ल्याइएको छ । तर त्यस कानुनपछि पनि अहिले पुनः यस्तै घटना दोहोरिने गरेका छन् । नयाँ दिल्ली लगायतमा क्षेत्रमा यस्ता घटना हुने गरेका छन् । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us