अधिकृत र सईको शैक्षिक प्रमाणपत्र नक्कली

काठमाण्डु टुडे २०७० पुष १२ गते १२:३१ मा प्रकाशित

akhtiyarकाठमाण्डु, १२ पुस–जिल्ला जनस्वास्थ्य कार्यालय दाङका भेक्टर कन्ट्रोलर अधिकृत दिर्घराज जि.सी. र प्रहरी नायव निरीक्षक रञ्जनभक्त पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिसी र पौडेलको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

जिसीले बढुवा प्रयोजनको लागि माद्यमिक शिक्षा परिषद इलाहाबादबाट र माद्यमिक शिक्षा परिषद क्षेत्रिय कार्यालय बाराणसीबाट इन्टरमिडियट पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए ।
प्

रमाणपत्र अनुसन्धान गर्दा नक्कली र झुठो देखिन आएकोले निजहरु उपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को (१) बमोजिम दण्ड सजाय हुन माग दावी लिई विशेष अदालत छुट्टा छुट्टै आरोप–पत्र दायर गरिएको छ अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us