
काठमाण्डु, १२ पुस–दुवै मिर्गौला काम नलाग्ने भएका सञ्चारकर्मी बिके पाल्पालीको उपचारका लागि अमेरिकाको न्युयोर्कबाट प्रकाशन हुने ‘विश्व सन्देश’ साप्ताहिकले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । सो रकम नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेमार्फत् पाल्पालीकी धर्मपत्नी रेणुका भट्टराईलाई उपलब्ध गराइएको छ ।
यसअघि साप्ताहिकका नेपाली प्रतिनिधि रोशन पुरीले सो रकम महासंघ अध्यक्ष गाउँलेलाई हस्तान्तरण गरेका थिए ।
यसैगरी अमेरिकामा रहेका विनोदकुमार नेपालले सञ्चारकर्मी पाल्पालीको उपचारका लागि पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।