विद्युत प्राधिकरणका स्टोरकिपर विरुद्ध मुद्दा

काठमाण्डु टुडे २०७० पुष ११ गते १४:४७ मा प्रकाशित

CIAAकाठमाण्डु, ११ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन स्टोरकिपर अर्जुनबहादुर केसीलाई पदीय दुरुपयोग गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार रत्नपार्क वितरण केन्द्रका तत्कालीन स्टोरकिपर केसीले सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही वा बदनियतपूर्वक ५४ लाख ४८ हजार ६ सय ६४ रुपैयाँ हिनामिना गरेको देखिएकाले बिगोबमोजिम असुलको माग गर्दै मुद्दा दायर गरिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us