
काठमाण्डु, ११ पुस – नक्कली कागजपत्र बनाई अरुको जग्गा विक्री गर्ने १२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मकवानपुरको भीमफेदी गाविसको तीन कित्ता जग्गा किर्तेगरी विक्री गरेको अरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।
१८ वर्ष अघि नै मृत्यु भएका तीर्थलाल बज्राचार्यको नाममा रहेको तीन कित्ता जग्गा नक्कली नागरिकता बनाई, नक्कली जग्गाधनी खडा गरेर बेचेको आरोपमा मालपोत कर्मचारी र गाविस सचिवसहित १२ जनालाई मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
सो जग्गाको मूल्याङ्कन ५० लाख बराबर रहेको बताइएको छ ।
अख्तियारले मालपोत कार्यालय मकवानपुरका तत्कालीन कर्मचारीहरु रामकृष्ण श्रेष्ठ, शिवराज पौडेल, रामहरी ढकाल, विष्णु अधिकारी, श्याम पोखरेल र भीमफेदी गाविसका तत्कालीन सचिव तीर्थलाल घिसिङ्गलाई मुद्दा चलाएको हो ।
यस्तै कुमार श्रेष्ठ, लिलाबहादुर श्रेष्ठ, राजेन्द्र ढकाल, दिवाकर अर्याल, शेखर घिमिरे, पर्वत वर्तौलालाई पनि मुद्दा चलाइएको अख्तियारले जनाएको छ । उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ८ ९४० बमोजिम मुद्दा दायर गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
अख्तियारले नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका स्टोरकिपर अर्जुनबहादुर केसीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । बदनियतापूर्वक प्राधिकरणलाई ५४ लाख ४८ हजार बढी नोक्सानी पुर्यााएको आरोपमा मुद्दा दायर गरिएको हो ।