काठमाण्डु–ताप्लेजुङ सिधा उडान

काठमाण्डु टुडे २०७० पुष ११ गते ८:१६ मा प्रकाशित

TIA planeकाठमाण्डु, ११ पुस – २५ वर्षपछि नेपाल वायु सेवा निगमले काठमाण्डु–ताप्लेजुङ सिधा हवाई उडान सुरु गरेको छ ।

पर्यटन व्यवसायी तथा स्थानीयको अनुरोधमा निगमले सिधा हवाई सेवा सुरु गरेको हो ।

बिहीबार पहिलो दिन काठमाडौंबाट ९ र ताप्लेजुङबाट १७ जना यात्रुलाई गन्तव्यमा पुर्याइएको बताइएको छ । पहिलो दिन स्थानीयले चालकलाई फूलमाला र खादा लगाइदिएर स्वागत गरेका थिए ।

काठमाण्डु–ताप्लेजुङ उडानमा ६ हजार २ सय भाडा निर्धारण गरिएको छ । अब प्रत्येक बिहीबार काठमाण्डु–ताप्लेजुङ सिधा उडान हुने निगमले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us