नेपाली जन प्रगतिशील मंच पोर्तुगलको तेस्रो साधारणसभा सम्पन्न

काठमाण्डु टुडे २०७० पुष १० गते २:१५ मा प्रकाशित

लिस्बोन– नेपाली जन प्रगतिशील मंच पोर्तुगलको तेस्रो साधारणसभा एक बिशेष कार्यक्रम सहित २० डिसेम्बर २०१३ को दिन लिस्बोनस्थित एक सभाहलमा सम्पन्न  भएको छ ।

सभालाई प्रमुख अतिथि एनेकपा माओवादी विदेश बिभाग प्रमुख तथा पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै नेता शर्माले चुनाबमा धाँदली भए नभएको सम्बन्धमा छानबिन गर्न माग गर्ने अधिकार आफूसंग रहेकोले त्यस्लाई अतिरन्जित नबनाउन आग्रह गरे । साथै शर्माले कहिल्यै पनि एकल जातिय संघियता नखोजेको तर जातीय पहिचान दिलाउने, पिछडीएका जात जाती, धर्म, लिंग, दलित(उत्पिडितलाई अधिकार दिलाउने संघियताको पक्षमा रहेको स्पष्ट पारे ।

कार्यक्रममा नेपाली जन प्रगतिशील मंच युरोपका प्रतिनिधि सुरेन्द्र भुसाल, संघिय समाज पोर्तुगलका महासचिब नर भुपाल राइ, जनजाति महासंघ पोर्तुगलका अध्यक्ष दावा साङे पाख्रिन, एनआरएन पोर्तुगलका अध्यक्ष रमेश गुरुङ, जनसम्पर्क समितिका मंचका लक्ष्मी सापकोटा, जन प्रगतिशिल मन्च पोर्तुगलका सल्लाहाकार शेर शिंह ठकुरी, प्रेम परियार लगायतले पनि सम्बोधन गरेका थिए ।

पोर्तुगलमा रहेका विभिन्न संघ संगठनका प्रतिनिधि, स्थानीय पत्रकार, समाजसेवी लगायत सर्वसाधारणहरुको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व नेपाली जन प्रगतिशील मंचका अध्यक्ष राम गौचनले गरेका थिए भने कार्यक्रम संचालन मंचका महासचिव नारायण सुवेदी र धनराज शेर्पाले गरेका थिए ।

– दीपक राना, लिस्बोन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us