
काठमाण्डु, ९ पुस–इजिप्टको सुरक्षा निकायको भवनमा भएको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाईते भएका छन् ।
राजधानी कायरो शहरको उत्तरी भेगमा भएको विष्फोट भएको हो । विष्फोटबाट सुरक्षा निकायका भवनहरु भत्किएका छन् ।
घाइतेहरुको अवस्था गम्भिर रहेको र स्थानीय अस्पतालमा उपचार भैरहेको बीबीसीले जनाएको छ ।
कार बम बिस्फोट गराएर आक्रमणमा भएको आशंका गरिएको छ । २० किलोमिटर टाढासम्म बिस्फोटको आवाज सुनिएको थियो ।