भारतीय ऊर्जामन्त्री राजधानीमा

काठमाण्डु टुडे २०७० पुष ५ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, ५ पुस– भारत केन्द्रीय सरकारका नवीकरणीय ऊर्जामन्त्री डा फारुक अब्दुल्लाह नेपालको दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।

भारत सरकार र भारतीय दूतावासले आयोजना गरेको व्यापार लगानी मेलामा सहभागी आएका उनले राष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्ष, अर्थ, उद्योग तथा वाणिज्य मन्त्री लगायतसँग भेटगर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us