इराकमा चुलियो हिंसा

काठमाण्डु टुडे २०७० पुष २ गते ११:४५ मा प्रकाशित

हिंसाग्दाद, २ पुस– सन् २००८ को तुलनामा यसवर्षमात्र इराकमा छ हजार छ सयभन्दा बढीको ज्यान गएको छ । यस अवस्थाका कारण इराकी सुरक्षाकर्मीको कार्यसम्पादनमा ठूलो प्रश्न खडा भएको छ ।

इराकबाट अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएको दुई वर्षयता इराकमा निकै ठूलो हिंसा मच्चिएको बताइएको छ । यसका कारण पनि इराकका सुरक्षा संयन्त्रमाथि नै प्रश्न खडा हुने गरेको चर्चा चल्न थालेको छ ।

हालैका दिनमा सुन्नी अरब समुदाय र सिया समुदायका बीचमा शत्रुतापूर्ण रुपमा विवाद उत्पन्न हुने गरेका छन् । ती हिंसामा पनि इराकी नागरिकले दिनानु दिन ज्यान गुमाइरहेका छन् ।

यी सबै खाले हिंसाको निराकरणका लागि इराकी सैनिकले एक्लै काम गर्नु परिरहेको छ । यसरी हेर्दा इराकमा सैनिकको शक्ति पुग्न नसकिरहेको महसुश हुन थालेको पनि देखिन्छ ।

इराकमा आत्मघाती बम विस्फोटको क्रम बढ्न थालेको छ । यस्ता विस्फोटमा परी दर्जनौँ व्यक्ति प्राय दिनहु मारिने गरेका छन् ।

इराकमा केही वर्षयता हिंसा बढेको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार इराकमा गत जनवरीदेखि अक्टोबरसम्म भएका विभिन्न हिंसा र हत्यामा कम्तीमा सातहजार व्यक्तिको मृत्यु भएको छ ।

त्यसैगरी यस्ता आक्रमणहरूबाट १६ हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् । इराकमा सिया र सुन्नी मुसलमान समुदायका बीचको विवादका कारण यस्ता हत्या हिंसा धेरै मात्रामा हुने गरेका छन् ।

विगतका केही वर्षमा शान्त जस्तो देखिएको इराकमा करिब डेढवर्षयता आएर भने पुनः हत्या हिंसाको दिनहुँजसो हुन थालेको बताइएको छ ।

सन् २०१० सम्म इराकमा अमेरिकी सैनिक रहेको थियो । उक्त सैनिक रहेको समयमा यतिविधि हिंसा हुने गरेको थिएन । तर हालैका दिनमा आएर भने हिंसाको मात्रा बढ्दै गएको पाइएको छ । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us