अमेरिकाको सूचना संकलन ‘गैरकानुनी’

काठमाण्डु टुडे २०७० पुष २ गते ५:०० मा प्रकाशित

काठमाण्डु, २ पुस–अमेरिकी संघिय न्यायालयका एक न्यायाधिसले राष्ट्रिय सुरक्षा एजेन्सीले टेलीफोन संबन्धी तथ्याङ्क संकलन गर्नु गैरकानुनी भएको टिप्पणी गरेका छन् । संघिय न्यायाधिश रिचर्ड लियोनले विद्युतिय तथ्याङ्क संकलन गर्ने काम सुरक्षा एजेन्सीको ‘स्वच्छाचारी आक्रमण’ भएको टिप्पणी गरेका हुन् ।

न्यायाधिश लियोनले आफ्नो ६८ पृष्ठ लामो सुझावमा गोप्य तथ्याङ्क संकलन गरेर ओबामा प्रशासनले गैर कानुनी काम गरेको प्रष्ट पारेको एजेन्सीहरुले जनाएका छन् ।

अमेरिकी गुप्तचर एजेन्सीले टेलीफोन गरिएको नम्बर, मिति, कुराकानीको सबै सामाग्री संकलन गरिरहेको कुरालाई पूर्व कर्मचारी एडवार्ड स्नोडेनले सबैभन्दा पहिले सार्बजनिक गरेका थिए । गोप्य सूचना बाहिर ल्याउने काम गरेको भन्दै एडवार्डलाई कारवाही गर्ने बताइए पनि उनी रुसमा शरण लिएर बस्दै आएका छन् ।

पछिल्लोपटक अमेरिकाको कदमप्रति न्यायाधीशले समेत विरोध गरेपछि देशमा सनसनी फैलिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us