गोप्य जानकारी बटुल्ने काम असंवैधानिक

काठमाण्डु टुडे २०७० पुष २ गते ४:१६ मा प्रकाशित

संयुक्त राज्य अमेरिकामा, एकजना संघीय न्यायाधिशले, त्यहांको एउटा गुप्तचर निकाय, एन एस ए, ले गर्ने गरेको फोन र आवाजहरुको डेटा संकलनलाई गैरसंवैधानिक भनेका छन्।

संयुक्त राज्य अमेरिकाको एउटा गुप्तचर निकाय, एनएसए ले, मानिसहरुले गर्ने टेलीफोन कल र इमेलहरुबाट डेटा संकलन गर्ने कार्य कुनै सिलसिला वा मापदण्ड वा आधार विना हुने गरेको ति न्यायाधिश रिचर्ड लियोनले बताएका छन्।

त्यस्तो कुनै निश्चित मापदण्ड विना हचुवा तवरले गरिने तथ्यांक संकलन कार्य संयुक्त राज्य अमेरिकाको संविधानको चौथो संशोधनका विपरित हुने ति न्यायाधिशले आफ्नो फैसलामा उल्लेख गरेका छन्।

उनका अनुसार, संविधानको त्यस्तो प्रावधान अनुसार मानिसहरुलाई विना कुनै उपयुक्त आधार खानतलाशी गर्नु वा कब्जामा लिनु हुंदैन।

यो फैसलाका विरुद्ध पुनरावेदन पर्ने निश्चित जस्तै ठानिएको छ। अमेरिकी न्याय मन्त्रालयले संघीय न्यायाधिशको फैसलाको समीक्षा गरिरहेको बताएको छ।

एन एस एका एकनजा भूतपूर्व कानूनी अधिकारी, स्टेवार्ट बेकरले बीबीसीसंग कुरा गर्दै यो फैसला सरकारका लागि समस्याकारी हुनसक्ने बताएका छन्।

एनएसएका एकजना भूतपूर्व कर्मचारी एडवर्ड स्नोडन रुसमा अस्थायी शरणमा बसिरहेका छन्

संघीय अदालतको फैसला, एन एस ए ले गोप्य तरिकाले मानिसहरुको फोनकल र इमेलबाट डेटा संकलन गरिरहेका छ भन्ने जानकारी सार्वजनिक गरिदिएका व्यक्तिलाई माफी दिने की नदिने भन्ने बारेको बहसलाई ह्वाइट हाउसले अस्वीकार गरिदिएको केहि समय पछि नै आएको छ।

अमेरिकी राष्ट्रपतिय कार्यालय ह्वाइट हाउसका प्रवक्ता जे कार्नीले, एन एस एका भूतपूर्व कर्मचारी एडवर्ड स्नोडनले अपराधका अभियोग बेहोर्नु पर्ने र उनले अमेरिका फर्केर कानूनको सामना गर्नु पर्ने बताएका थिए।

गुप्तचर निकायले मानिसहरुको फोन डेटा संकलन गर्ने गरेको भन्ने गोप्य जानकारी, एनएसएका भूतपूर्व कर्मचारी एडवर्ड स्नोडनले सार्वजनिक गरिदिएपछि, थाहा हुन आएको हो। BBC Nepali service

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us