राजधानीसहित देशभर चिसो बढ्यो

काठमाण्डु टुडे २०७० मंसिर ३० गते ४:२९ मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– मुलुकका पूर्वी तथा पश्चिम पहाडी क्षेत्रमा हिमपातसँगै सामान्य वर्षा भएपछि देशभर चिसो बढेको छ ।
jado_badhyoपश्चिम क्षेत्र हुँदै प्रवेश गरेको पश्चिम वायुका कारण हिमाली क्षेत्रमा व्यापक हिमपात भएसँगै देशभर चिसो बढ्नुका साथै तापक्रम घटेको छ । काठमाण्डुको वायुमण्डल बाक्लो कुहिरोले ढाकेपछि राजधानीमा अत्याधिक चिसो महसुस गरिएको छ ।

काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ४ डिग्रिसेल्सियस मापन गरिएकामा अधिकतम तापक्रम १८ पुग्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले भारतको उत्तरप्रदेश, हिमाञ्चल प्रदेश, हरियाणा, बिहारका साथै नेपालसहित बंगलादेश र भुटानसम्म पश्चिम वायुको प्रभावका कारण तापक्रम घटेर मौसम बदलिएको बताए । नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएसँगै फूर्वी तथा पश्चिम तराई क्षेत्रमा बाक्लो हुस्सुसँगै शीतलहर परेको छ ।

चिसो बढेपछि सर्वसाधारण आगो तापेर बसेका छन् । मध्यपश्चिमका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको आकाश विगत चार दिनयता बाक्लो हुस्सुले ढाकेपति ती जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

बजारहरुमा मानिसहको चहलपहल घटेको छ । यस्तै बिहान र बेलुका पूर्वपश्चिम राजमार्गसहित सहायक मार्गमा यातायातका साधन साविकको तुलनामा कमै गुडेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us