
काठमाण्डु, २४ मंसिर– राष्ट्रिय जनमुक्ति पार्टीले संविधानसभा निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त गरेको दुई सिटका लागि पार्टीका उपाध्यक्ष शिवलाल थापा र संघीय परिषद सदस्य होमाया गुरुङलाई पठाउने निर्णय गरेको छ ।
पार्टीद्वारा सोमबार जारी विज्ञप्तिमा दोस्रो संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको पनि नयाँ निर्वाचन गर्नुपर्ने निर्णयसमेत गरेको जनाइएको छ ।