नेकपाऔमाओवादी केन्द्रीय समिति बैठक अाजदेखि

काठमाण्डु टुडे २०७० मंसिर २३ गते ३:०२ मा प्रकाशित

cpn-maoist1काठमाण्डु, २३ मंसिर– संविधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएकाे छ ।

ललितपुरको कुपण्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा विहान ११ बजेदेखि बसिरहेकाे बैठकमा संविधानसभा निर्वाचन बहिस्कार र निर्वाचन परिणामबारे समिक्षा गर्दै आगामी कार्ययोजनाबारे छलफल भइरहेकाे माओवादीले जनाएको छ ।

माओवादी पोलिटव्युरो सदस्य नारायण शर्माले समसामयीक राजनीतिक परिस्थिति र यसअघि पोखरामा भएको केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनको समिक्षा हुने जानकारी दिए । बैठकले संविधानसभाबारे औपचारिक धारणा पनि तय गर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us