११९ बालबालिकाको स्वास्थ्य परीक्षण

काठमाण्डु टुडे २०७० मंसिर २३ गते १:५४ मा प्रकाशित

दमौली, २३ मंसिर–तनहुँको क्यामिन–१ कलेस्तीस्थित दोभान बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविरमा ११९ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । हल्यान्डबाट आएका चिकित्सकहरुले ती बालबालिकाको स्वास्थ्य परीक्षण गरेका हुन् ।

मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शनिवार विद्यालयमा शिविर सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक सिकन्दर गुरुङले जानकारी दिए ।

व्यास–९ र क्यामिनको वडा नं. १, २ र ९ का बालबालिका तथा अभिभावकले शिविरबाट लाभ लिएको बताइएको छ । शिविरमा दाँत, मुख, पेट, छाती, स्त्री रोगसम्बन्धी रोगका बढी बिरामी भेटिएका थिए ।  सो अवसरमा बिरामीहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us