दवावका लागि संघीय गठबन्धन गठन हुने

काठमाण्डु टुडे २०७० मंसिर २२ गते ११:४७ मा प्रकाशित

Rajendra-Shresthaकाठमाण्डु, २२ मंसिर– निर्वाचनमा धाँधली भएको भन्दै छानबिन आयोगका माग गरिरहेका १८ दलहरुले संघीय लोकतान्त्रिक गठबन्धन गठन गरेर छानबिनका लागि दवाव दिने भएको छ ।

शनिबार एकीकृत माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा तीन सदस्यीय कार्यदलले धाँधली छानबिनका लागि दवाव दिन गठबन्धन बनाउनुपर्ने प्रस्ताव गरेको हो । कार्यदलले गठबन्धनको संयोजन कसले गर्ने भन्ने बारे कसैलाई सफिारिस गरेको छैन ।

संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठका अनुसार पहिचानसहितको संघयिता, संघीइतासहितको संविधानप्रति प्थिवद्ध दलहरुलाई समेटेर गठबन्धन गठन गर्ने छ । उनले भने, ‘सहमतिका आधारमा संविधान बन्नुपर्छ, धाँधलीको छानबिन अयोग नबनुन्जेल संविधानसभामा सहभागी नहुने निर्णय कायमे छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us