
काठमाण्डु, २२ मंसिर– व्यवसायिक प्रयोजनका लागि गाई काटिने गरेको र त्यसलाई तुरुन्त रोक्न गौ भागवत समितिले राज्य निकायलाई आग्रह गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी सो माग गरिएको हो ।
साथै सो समितिले गौ हत्याविरुद्ध पौष १ गते देखि ९ गते सम्म लाहानमा महायज्ञ गर्ने भएको छ । करिब ३ वर्ष अगाडि सिरहा जिल्लाको लाहानमा गाई काटिएको र त्यसलाई लिएर नगरपालिकालाई दवाव दिएपछि गाई काटिएको ठाँउमा २ कठ्ठा जग्गा उपल्बध गराएको थियो ।
त्यस पश्चात लाहानमा गाई नकाटिए पनि नजिकको जिल्ला सुनसरी आदि ठाँउमा अझै पनि गाई काटेर बेचिरहेका श्री निवास आचार्य गुरुमहाराजले बताए ।