विपक्षीले धाँधलीको आरोप लगाएपछि हुन्डुरसमा पुनः मतगणना

काठमाण्डु टुडे २०७० मंसिर १८ गते ९:२३ मा प्रकाशित

hondurus flagतेगुसिगाल्पा– हुन्डुरसमा गत २४ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा प्राप्त मतगणना पुनः गणना हुने भएको छ । चुनावमा धाँधली भएको भनि विपक्षीहरूले लगाएको चर्को दबाबका कारण पुनः मतगणना हुने भएको हो ।

स्थानीय सञ्चारमाध्यम ला प्रेन्साको वेबसाइटले जनाएअनुसार  हुन्डुरसको बामपन्थी विपक्षी उम्मेदवार जिओमारा क्यास्ट्रोको अनुरोधलाई स्वीर्कादै मुलुकका निर्वाचन उच्च अदालत ‘(टिएसइ) का प्रमुख डेभिड मातामोरोसले खसेका सबै मतपत्र जाँचगरी पुनः मत गणना  गरिने निर्णय गरेका हुन ।

गत शनिबार हाल सत्तारुढ कन्जरभेटि पार्टीका उम्मेदवार जुआँ ओल्यान्डो हेर्नान्डेजले कुल ३६.८ प्रतिशत मत हासिल गरी विजय भएका थिए भने दोस्रो स्थानमा लिबर्टि एण्ड रिफाउन्डेसन पार्टीका जिओमारा क्यास्ट्रोले २८.८ प्रतिशत मत प्राप्त गरेका थिए ।

घोषणाको लगत्तैपछि निर्वाचनमा धाँधली भएको, जनताको भावना कदर नगरिएको,  निर्वाचनमा सुरक्षा र संवेदनशीलता नअपनाइएको भनी पुनः मत गणनाको माग गर्दै क्यास्ट्रोको उजुरी परेको थियो । चुनाव सकिएकै राती दुबै उम्मेदवारले आफू जितेको घोषणा गरेका थिए ।

नोभेम्बर २५ का दिनसम्म मतगणना जारी हुँदा खसेका कुल मत मध्ये ७० प्रतिशत गणना भइसकेको र हेर्नान्डेजअग्र पङ्तीमा रहेका थिए । सो मतगणना आम रुपमा सङ्कास्पद रहेको टिप्पणी गरिएको थियो ।

निर्वाचन र मतगणना सम्बन्धी सूचना प्रर्वाह गरिने सरकारी टिएसई वेबसाइटलाई कुनै अज्ञात व्यक्तिले गत सोमबार ह्याट्रिङ्ग गरी भद्रगोल सूचना प्रर्वाह गरेको र मत परिणाम अस्वीकार गर्न र शान्तिपूर्ण विरोध प्रर्दशनमा भागलिन हुन्डुरसका जनतालाई आह्वान गरिएको थियो । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us