पूर्वसभासद् प्यासीसहित तीन जना जेल चलान

काठमाण्डु टुडे २०७० मंसिर १६ गते १४:१२ मा प्रकाशित

कलैया, १६ मङ्सिर–बारा जिल्ला अदालतले महमुद आलमको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व सभासद् रामचन्द्र प्यासीसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।
संविधासनभा सदस्य निर्वाचनका लागि बारा क्षेत्र नं ४ बाट नेकपा (एमाले) को तर्फबाट प्रत्यक्षमा उम्मेदवारी दिएका आलममाथि असोज १८ गते गोली प्रहार भएको थियो ।Ramchandra-Pyasi-Kushbaha
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कात्तिक ९ गते पूर्वसभासद् प्यासी, भारत अलिगढ घर भई हाल वीरगन्ज–४ बस्दै आएको अतिक खान र भारत रक्सौल बस्ने राजु श्रीवास्तवसमेत तीन जनालाई पक्राउ गरेको थियो ।
तीन दिनदेखि बारा जिल्ला अदालतमा यस घटनाको थुनछेकका लागि वादीको तर्फबाट सरकारी वकिल र प्रतिवादीको तर्फबाट १५ जना अधिवक्ताले बहस गरिरहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us