समानुपातिकको अन्तिम परिणाम आयो, काँग्रेस नै पहिलो

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १२:१३ मा प्रकाशित

CA electio 2070काठमाण्डु, १३ मंसिर– समानुपातिकतर्फको मतगणना सकिएको छ । समानुपातिकतर्फ दलहरुले पाएको मतका आधारमा सिट संख्या तोक्न भने बाँकी छ । समानुपातिकको मतगणनामा नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो, एकीकृत नेकपा माओवादी तेस्रो र राप्रपा नेपाल चौथो भएका छन् ।

निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेसले २४ लाख २१ हजार २ सय ५२ मत पाएर पहिलो दल बनेको छ । नेकपा एमाले २२ लाख ४३ हजार ४ सय ७७७ मत पाएर दोश्रो र एकीकृत नेकपा माओवादीले १४ लाख ३८ हजार ६ सय ६६ मत पाएर तेश्रो दल भएको छ ।

प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राप्रपा नेपालले ६ लाख २४ हजार २ सय ८१ मत पाएर चौथो दल बनेको छ । समानुपातिकतर्फ मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले २ लाख ६६ हजार २ सय ७६, राप्रपाले २ लाख ५९ हजार २ सय ३८, मधेशी जनअधिकार फोरम नेपालले २ लाख १२ हजार ७ सय ३३ मत पाएका छन् ।

यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीले १ लाख ८० हजार ४ सय २५, सद्भावना पार्टीले १ लाख ३३ हजार ५ सय २१, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादीले १ लाख ३० हजार २ सय ६१, संघीय समाजवादी पार्टी नेपालले १ लाख २१ हजार ५ सय ८० मत पाएका छन् ।

पार्टी दर्ताको हस्ताक्षर बराबर पनि भोट आएन : यस समाचार पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

राष्ट्रिय जनमोर्चाले ९२ हजार ४ सय ९८, नेकपा संयुक्तले ९१ हजार ९ सय ६४, राष्ट्रिय मधेश समाजवादी पार्टीले ७९ हजार ६ सय ८०, नेपाल मजदुर किसान पार्टीले ६६ हजार ६ सय ४२, तराई मधेश सद्भावना पार्टी नेपालले ६४ हजार ४ सय ६७, राष्ट्रिय जनमुक्ती पार्टीले ६३ हजार ८ सय ३९ मत पाएका छन् ।

यस्तै थरुहट तराई पार्टी नेपालले ६२ हजार ८ सय ९४, नेपाल परिवार दलले ५१ हजार ८ सय १९, दलित जनजाती पार्टीले ४९ हजार २ सय ४२, अखण्ड नेपाल पार्टी ३६ हजार ८ सय ५१, नेपाली जनता दलले ३३ हजार २ सय ७८ मत पाएका छन् । यस्तै मधेशी जनअधिकार फोरम गणतान्त्रिकले ३२ हजार ३१, खम्वुवान राष्ट्रिय मोर्चा नेपालले ३० हजार ६ सय ८९ र नेपा : राष्ट्रिय पार्टीले २८ हजार २० मत पाएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार मतगणना सकिएकाले अव दलहरुले पाएको मत केन्द्रमा आउने र त्यसपछि प्रमाणित गर्ने काम शुरु हुनेछ ।

त्यसपछि दलहरुलाई जानकारी दिने र दलहरुले सदस्यको संख्या पठाएपछि मात्र आयोगले अन्तिम परिणाम सार्वजनिक गर्नेछ । आयोगका अनुसार संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको संख्या विगतको भन्दा बढी हुने देखिएको छ । पहिलेको संविधासनभामा २५ दलले प्रतिनिधित्व गरेका थिए ।

पार्टी दर्ताको हस्ताक्षर बराबर पनि भोट आएन : यस समाचार पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us