
कालीकोट, ८ मंसिर– कालीकोटको एकमात्र निर्वाचन क्षेत्रबाट एकीकृत नेकपा माओवादीका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
माओवादीका पूर्व डिभिजन कमाण्डर शाही १२ हजार ८८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुर्मराज शाहीले ११ हजार २२४ मत ल्याएका थिए ।