धाँधलीको प्रमाण भेटिए छानबिनमा सघाउँछौं: ड्यिू नेपाल

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ११:४० मा प्रकाशित

काठमाण्डु, ७ मंसिर । लोकतन्त्र र निर्वाचन पर्यवेक्षण (ड्यिू–नेपाल) ले संविधानसभाको निर्वाचनको मतदान र मतगणनामा एकीकृत नेकपा(माओवादी)ले जिकिर गरेजस्तो धाँधली नभएको जनाएको छ ।

निर्वाचन पर्यवेक्षणको आफ्नो प्रारम्भिक प्रतिवेदन आज यहाँ सार्वजनिक गर्दै सो संस्थाले समग्र मतदाता परिचयपत्रको प्रयोगले निर्वाचनमा हुन सक्ने अनियमिततालाई प्रभावकारी रूपमा घटाउन मद्दत पु¥याएको जनाउँदै धाँधलीको प्रमाण फेला परेमा निर्वाचन आयोगले छानबिन गर्न सक्ने बताएको हो ।

ड्यिू नेपालका उपाध्यक्ष डा गणेश गुरुङले भने, ‘निर्वाचनको परिणाम के आयोभन्दा पनि यसको प्रक्रिया कस्तो थियो भन्ने विषय महत्वपूर्ण हो, हाम्रा प्रतिनिधिले अहिलेसम्म धाँधली भएको प्रमाण फेला पारेका छैनन्, फेला परेमा आयोगले गर्ने छानबिनमा सहयोग पु¥याउँछौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us