समानुपातिकतर्फको मतगणना सुरु

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ११:३७ मा प्रकाशित

रसुवा, ७ मंसिर– रसुवामा संविधानसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना शुक्रबार बाट सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत राजु खतिवडाका अनुसार पहिलो चरणमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न गरी दोस्रो चरणअन्तर्गत र समानुपातिकतर्फको मतगणना अहिले ०९ः३० बाट सुरु गरिएको हो ।

राष्ट्रसेवक कर्मचारीसमेतको मत प्रयोग भएका कारण समानुपातिकतर्फको मत सङ्ख्या २४ हजार ९२५ रहेको गणना सुपरीपेक्षक मणिराम न्यौपानेले राससलाई जानकारी दिए । मतगणनास्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको सहायक प्रजिअ गौतम रिमालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us