सबैभन्दा कान्छा गगन, सबैभन्दा वृद्ध सुशील

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ९:५० मा प्रकाशित

sushil and gaganकाठमाण्डु, ७ मंसिर– पहिलो हुने निर्वाचित हुने निर्वाचनका परिणाम कम उमेरमा विजयी हुनेमा गगनकुमार थापा, शिवकुमार मण्डल, गणेशमान पुन भएका छन् ।

हालसम्म ५६ निर्वाचन क्षेत्रका परिणाम सार्वजनिक भएको छ । सबैभन्दा कम उमेरमा संविधानसभा सदस्यमा निर्वाचित हुनेमा काठमाण्डु ४ बाट विजयी नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापा छन् । उनी ३७ वर्षका छन् । मोरङ ४ बाट निर्वाचित एकीकृत नेकपा (माओवादी) का उम्मेदवार शिवकुमार मण्डल केवट ३८ वर्षका छन् । रुकुम १ बाट निर्वाचित एकीकृत नेकपा (माओवादी)कै उम्मेदवार गणेशमान पुन ४० वर्षको छन् ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार सबैभन्दा ज्येष्ठ उमेरमा विजयी हुनेमा बाँके र चितवन ४ बाट विजयी काँग्रेस सभापति सुशील कोइराला छन् । उनी ७४ वर्षका छन् । त्यस्तै डडेल्धुराबाट निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार शेरबहादुर देउवा उनी ६८ वर्षका छन् । यस्तै, बर्दिया १ बाट विजयी एमालेका वामदेव गौतम ६५ वर्षका छन् भने दाङ ४ बाट विजयी नेपाली काँग्रेसका उम्मेदवार बुद्धिराम भण्डारी ६४ वर्षका छन् । ललितपुर ३ बाट निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार मदन अमात्य ६३ वर्षका छन् ।

त्यस्तै, रौतहट १ र काठमाण्डु २ बाट निर्वाचित माधवकुमार नेपाल र प्युठान २ बाट विजयी हीराबहादुर केसी तथा पाल्पा ३ बाट विजयी हरिप्रसाद नेपाल ६१ वर्षका छन् । काठमाण्डु ५ बाट विजयी नेपाली काँग्रेसका उम्मेदवार नरहरि आचार्य, मोरङ ८ बाट विजयी नेकपा (एमाले)का उम्मेदवार चन्द्रबहादुर गुरुङ, सिन्धुली ३ बाट विजयी एकीकृत नेकपा (माओवादी)का उम्मेदवार हरिबोल गजुरेल ६० वर्षको रहेको निर्वाचन आयोगले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us