भोट खसाल्दा यस्ता देखिए नेताहरु ! (फोटो फिचर)

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १२:५३ मा प्रकाशित

काठमाण्डु- दोस्रो संविधानसभाको निर्वाचनमा विभिन्न दलका नेताहरुले पनि एक मतदाताका रुपमा आफ्नो मताधिकारलाई सुरक्षित गरेका छन् ।

उनीहरुले आफ्नो मतदाता नामावली भएको स्थानमा पुगि मत खसाले ।

धेरैजसो नेताहरुले आफू उम्मेदवार रहेको स्थानमै नमावली भएका कारण आफैलाई र आफ्नो पार्टीलाई भोट हाल्न पाए भने केही नेताहरुले उम्मेदवार भएको स्थानबाट होइन आफ्नो नामावली रहेको गृह क्षेत्रबाट भोट हाले ।

कोही नेताहरु आफ्नो मतदान केन्द्रमा पहिलो मतदाता बने भने कोही अलि पछि भए ।

आफ्नो उम्मेदवारी भएको क्षेत्रमा नामावली नभएका नेताहरुलाई भने आफ्नो नामावली भएको स्थान पुग्न भ्याइनभ्याइ ने भयो । जे होस् नेताहरुले कोहीले कताबाट त कोहीले कताबाट भोट खसाले नै ।सबैले आफू र आफ्नो पार्टीले जित्ने विश्वासका साथ भोट खसाले ।

भोट खसाल्दा नेताहरु कस्ता देखिए त ? हेरौं फोटोफिचर :

Prachandaएमाओवादी अध्यक्ष प्रचण्डः आफ्नो गृह जिल्ला चितवनको भरतपुर लंकुस्थित लक्ष्मी उमाविमा भोट खसाल्दै ।

Voter-sushil koiralaकाँग्रेस सभापति सुशील कोइरालाः बाँके क्षेत्र नं. ३ को नेपालगन्जस्थित जिल्ला वन कार्यालयको हातामा रहेको मतदान केन्द्रमा भोट खसाल्दै ।

voter-jhalanathएमाले अध्यक्ष झलनाथ खनालः इलाम क्षेत्र नं १ स्थित फिक्कलको राष्ट्रिय निमावि रम्फोक मतदान केन्द्रमा मतदान गर्दै ।

voter-baburam bhattaraiएमाओवादीका बाबुराम भट्टराईः गोरखाको अन्र्नपूर्ण उच्च मावि खोप्लाङ्ग ६ मा मतदान गर्दै ।

Hisila 1एमाओवादीका हिसिला यमीः काठमाण्डु–७ को एक मतदान केन्द्रमा भोट खसाल्दै ।

voter-ramchandraकाँग्रेसका रामचन्द्र पौडेलः तनहुँ क्षेत्र नं. २ को सत्यवती उच्च माविको मतदान केन्द्रमा पहिलो भोट खसाल्दै ।

voter-sher-bahadurकाँग्रेसका शेरबहादुर देउवाः डडेलधुराको असिग्राम उच्च माविमा मतदान गर्दै ।

voter-subash-nembangएमालेका सुवास नेम्बाङः इलाम क्षेत्र नं. २ का स्थित बालमन्दिर प्रावि मतदान केन्द्रमा मतदान गर्दै ।

viert-narayan-man-bijukchheनेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेः भक्तपुरको एक मतदान केन्द्रमा भोट खसाल्दै ।

voter k b gurungकाँग्रेसका कुलबहादुर गुरूङः इलाम नगरपालिका–२ स्थित बालमन्दिर प्राविमा मतदान गर्दै ।

voter- bishnu paudelएमालेका विष्णु पौडेलः रुपन्देही क्षेत्र नं. ४ अन्तर्गत बुटवल नगरपालिका वार्ड नं. १० स्थित डिभिजन सडक कार्यालयमा भोट खसाल्दै ।

voter-gachchhadarफोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारः सुनसरी भलुवा गाविस ८ बाट श्री निमावि मतदान केन्द्रमा मतदान गर्दै ।

voter-lokendra chandराप्रपाका लोकेन्द्रबहादुर चन्दः बैतडीको निर्वाचन क्षेत्र नं. १ को बाशुलिस्थित वाशुदेव उच्च मावि केन्द्रमा मतदान गर्दै ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us