४२ पुरुषसँग ५ महिला

काठमाण्डु टुडे २०७० मंसिर १ गते ११:०० मा प्रकाशित

surkhet-mapसुर्खेत, १ मंसिर– संविधानसभा निर्वाचनका लागि यहाँका तीन वटा निर्वाचन क्षेत्रबाट २० वटा राजनीतिक दल र स्वतन्त्र गरी ४७ जना चुनावी मैदानमा उत्रिएका छन् । हरेक ठाउँमा महिलाको ३३ प्रतिशत सहभागिताको कुरा उठिरहेका बेला यहाँ पाँच जना महिला उम्मेदवार मात्रै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । विभिन्न दलका पाँच जना महिला उम्मेदवार यहाँका ४२ जना पुरुष उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रका छन् ।

क्षेत्र नं १ बाट तीन जना, क्षेत्र नं २ बाट दुई  जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् भने क्षेत्र नं ३ मा एक जना पनि महिला उम्मेदवार रहेका छैनन् ।     यहाँका तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ बाट एमाले का कमला शर्मा, नेपाल मजदुर किसान पार्टीका अमृता पाण्डे र खस समावेशी राष्ट्रिय पार्टीका डिलकुमारी खड्का गरी तीन जना महिला उम्मेदवारले त्यस क्षेत्रका अन्य ११ जना पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् ।

यस क्षेत्रबाट उम्मेदवार बनेकी महिला उम्मेदवारहरुका मुख्य प्रतिस्पर्धीमा काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्का, एकीकृत माओवादीका ठम्मर विष्ट र राप्रपा नेपालका ओमबहादुर जिसी रहेकी छिन् । यसअघिको निर्वाचनमा भने कमला शर्मा नै फराकिलो मत अन्तरले विजयी भएकी थिइन् । जिल्लाको यो क्षेत्र नै सबैभन्दा बढी प्रत्येक्षतर्फ महिला उम्मेदवार भएको क्षेत्र हो ।

क्षेत्र नं २ बाट उम्मेदवार बेकी न्नुभएका दुई जना महिलाले १६ जना पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छिन् । यहाँ राष्ट्रिय जनमोर्चाका कृष्णाकुमारी रावत र दलित जनजाति पार्टीका नैनसरा बैगारले दुई जना स्वतन्त्र र १४ जना अन्य दलका पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छिन् । चौध दल र एक जना स्वतन्त्रसहित १५ जना चुनावी प्रतिस्पर्धामा रहेको क्षेत्र नं ३ मा भने एक जना महिला पनि प्रत्यक्षतर्फ उम्मेदवार नबनेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

महिला विरुद्धका विभेदकारी कानुन, मान्यता र व्यवहारको अन्त्य गरी समतामूलक समाज स्थापना गर्ने, सबै क्षेत्रमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको हकलाई सुनिश्चित गर्ने, भूमिमाथि महिलाको स्वामित्व बढाउन संयुक्त पुर्जाको कार्यक्रमलाई प्रभावकारी बनाउने तथा राष्ट्रियस्तरका निकायमध्ये कुनै पदमा महिलालाई निर्वाचित गर्नेलगायतका प्रतिबद्धताहरु उनीहरुका स्थानीय प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us