३ सय २ जनाको उम्मेदवारी खारेज

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १२:१४ मा प्रकाशित

election commition of nepalकाठमाण्डु, २९ कात्तिक– निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वंजनिक गरेको छ ।

कान्तिपथस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी आयोगले शुक्रबार सूची सार्वजनिक गरेको हो । आयोगले ३ सय २ जनाको उम्मेदवारी रद्ध गरेको छ । कूल १० हजार ७ सय ९ जनाको उम्मेदवारी कायम भएको छ ।

१ सय २२ दलका ११ हजार ११ जनाले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दिएका थिए ।

आयोगले उमेर नपुगेका १ सय ४८, मतदाता नामावलीमा नाम नभएका ८६ समानुपातिक र प्रत्यक्ष दुवैतर्फ नाम भएका १९, लाभको पद धारण गरिरहेका ४ र स्वेच्छाले फिर्ता लिएका ६ जनाको उम्मेदवारी रद्द गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us