एउटा वडामा मात्र ११ भोट

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ११:३४ मा प्रकाशित

त्रिशूली, २८ कात्तिक– संविधानसभा सदस्य निर्वाचनले जिल्लालाई तताएको छ । जिल्लामा मतदाताले मन धेरै कता फर्कने हो, आफ्नो दलतिर फर्कने हो वा अर्कैको भनेर दलका नेतालाई मनमा बाजा बज्न थालेको छ ।

फोटोसहितको मतदाता नामावली सङ्कलनको क्रममा चासो नदिएका गाउँस्तरका नेता अहिले कसको नाम मतदाता नामावलीमा परेको छ र कुन वडामा कति छ भनेर चासो लिन थालेका छन् । नगरपालिका र वडामा भएको मत सङ्ख्याको आधारमा यति भोट मेरो पार्टीमा आउँछ, उति भोट उता जान्छ भनेर औँला भाँचेर गन्न थालेका छन् ।

जिल्लामा तीन निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै मत क्षेत्र नं १ मा रहेको छ । क्षेत्र नं १ मा ५५ हजार २१२ मत रहेको छ । क्षेत्र नं २ मा ५५ हजार ४२२ मत रहेको छ भने क्षेत्र नं ३ मा ४९ हजार ३५६ मत रहेको छ । सबैभन्दा थोरै मत बसुन्चेत गाविसमा रहेको छ । २५२ भोट रहेको बसुन्चेतमा वडा नं ७ मा त जम्मा ११ मत रहेको छ ।

गाविसमा सबैभन्दा धेरै मत कमुरी गाविसमा चार हजार ६५४ रहेको छ । विदुर नगरपालिकामा १३ हजार ४८७ मतदाता रहेका छन् । जिल्लामा सबै क्षेत्रको मतदाता सङ्ख्या निम्नानुसार रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us