निर्वाचन कार्यालय रहेको वडामै मतदाता शिक्षा पुगेन

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ३:५२ मा प्रकाशित

बाजुरा, २८ कात्तिक–जिल्ला निर्वाचन कार्यालय बाजुरा सदरमुकाम मार्तडीको वडासम्म पनि मतदाता शिक्षा कार्यक्रम पुग्न नसकेपछि स्थानीयवासी कसरी मतदान गर्ने भनेर अन्योलमा परेका छन् ।

सदरमुकाम आसपासमा समेत मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन नसकेको हो । जिल्ला निर्वाचन कार्यालय रहेको वडा नं ५ का नरबहादुर रावलले नेताहरु आएर के समस्या छ हामीले के गरिदिनुपर्छ भन्ने गरेपनि मत कसरी हाल्ने, कति चुनाव चिह्न हुन्छन् भन्ने बारेमा भने जानकारी नहुदा अप्ठ्यारो भएको बताए ।

‘चुनाव हुन्छ भन्ने थाहा भए पनि कसरी मतदान गर्ने भन्नेमा हामीलाई केही थाहा छैन,’ मार्तडी–९ का अके बडुवालले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us