ललितपुरको सबै क्षेत्र जितिसक्यौं, ढुक्क भएर भोट हाल्नुस्ः प्रचण्ड

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ११:०९ मा प्रकाशित

Prachand-Kanchanpur
ललितपुर, २७ कात्तिक– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकम दाहाल, प्रचण्डले ललितपुरको सबै क्षेत्रमा एमाओवादीले जितिसकेको ठोकुवा गरेका छन् । औपचारिक रुपमा मात्र जितको घोषणा हुन मंसिर ४ को निर्वाचन कुर्नुपरेको बताउँदै उनले सतही रुपमा ललितपुर क्षेत्रमा जित हासिद गरिसकेको बताएका हुन् ।

मेचीमहाकाली अभियान भ्याएर आएका उनले ललितपुर–१ स्थित चापागाउँमा भएका चुनावी सभामा सम्बोधन गर्दै भने, ‘ललितपुरमा अन्य पार्टीहरुंग प्रतिष्पर्धा नै देखिँदैन, एमाओवादीले जितिसकेको अवस्था छ ।’ सो सभामा विभिन्न पार्टी परित्याग गरी १२ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु एमाओवादीमा प्रवेश गरेका थिए ।

सभामा एमाओवादी ललितपुर–१ उम्मेदवार हरि दाहालले दक्षिण ललितपुरको सम्पूर्ण विकासका कामलाई संस्थागत गर्नका लागि आम जनसमूदायलाई आफूलाई मत दिन आह्वान गरे ।

ढुक्क भएर भोट हाल्नुस्

कञ्चनपुर, २७ कात्तिक– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संविधानसभाको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आह्वान गरेका छन् । उनले भने, ‘संविधानसभा निर्वाचन जसरी पनि हुन्छ, तपाईंहरु ढुक्क भएर भोट हाल्न जानुहोस् ।’

निर्वाचन इतिहासकै अन्तिम ठूलो अवसर भएकोले खेर जान दिन नहुने बताउँदै प्रचण्डले कञ्चनपुरमा एमाओवादी निर्वाचन क्षेत्र नम्बर १ द्वारा बुधबार बेलौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गरे । उनले, ‘परिवर्तनकारी शक्तिलाई एक पटक मौका दिनुहोस्, हामीले अवश्य नै परिर्वतन र विकास दिन्छौँ ।’

एमाले काँग्रेसका नेताले नेपाली जनतालाई धोका दिएको आरोप लगाउँदै प्रचण्डले एमाओवादीको बहुमत आउने दाबी गरे । उनले कञ्चनपुर कैलालीमा बसोबास गर्ने राना–थारु समुदायलाई विशेष अधिकारको व्यवस्था गरिने बचन पजि दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us