सरकार र बजार वीचको दुरी अन्त्य गराउने चिनिया योजना

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १:५५ मा प्रकाशित

बेइजिङ–चिनिया कम्युनिष्ट पार्टीले सरकार र बजार वीचको दूरीलाई अन्त्य गर्ने बिषयलाई प्राथमिकता दिएको छ । पश्चिमाहरुले चाहे जस्तै खुला बजार अर्थतन्त्रलाई चीनले आगामी दिनमा थप महत्व दिन लागेको उसको सो निर्णले प्रष्टिन्छ । चिनिया कम्युनिष्ट पार्टीको १८ औ केन्द्रीय समितिको मंगलवार सकिएको तेस्रो पूर्ण बैठकले आर्थिक परिपाटीको सुधारलाई चौतर्फी सुधारको महत्वपूर्ण पक्ष भएको ठहर गरेको छ ।china

बैठकको विज्ञप्तिअनुसार, चौतर्फी सुधारको गहन केन्द्रीय लक्ष्य चीनको विशेषतायुक्त समाजवादी व्यवस्थालाई सुधार र विकास गर्नु, राष्ट्रिय शासन प्रणाली तथा शासन क्षमताको आधुनिकीकरणलाई अगाडि बढाउनु भन्ने रहेको छ। सिआरआइले भनेको छ ‘स्वामित्वयुक्त अर्थतन्त्र र गैर स्वामित्वयुक्त अर्थतन्त्र समाजवादी बजारमूलक अर्थतन्त्रका महत्वपूर्ण भाग हुन् र चीनको आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण आधार हुन्।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us