अज्ञात रोगले ६ दिनमा ६ को मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १६:०१ मा प्रकाशित

गोलबजार (सिरहा) –सिरहाको महदेवा पोर्ताहा गाविस–९ मिर्जापुरका दलित बस्तीमा अज्ञात रोगका कारण ६ जना पुरुषको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ ।
कात्तिक १५ देखि २० गतेसम्म ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सबै ५० वर्षमाथिका छन् । मृत्यु भएका व्यक्तिहरुमा आँखा नदेख्ने, छाती दुख्ने, वाकवाकी लाग्ने र मुखबाट फिज आउने लक्षण देखिएको स्थानीयवासी बताउँछन् । बिरामी पर्ने र अस्पताल पु¥याउन नपाउँदै मृत्यु हुने गरेको स्थानीय शिवु सदायले जानकारी दिए ।
उपचार गराउन अस्पताल समेत पु¥याउन नसकेर दुई जनाको बाटोमै, दुई जनाको लहान अस्पतालमा र दुई जनाको घरमै मृत्यु भएको थियो । सोही दलित बस्तीमा अहिले पनि कतिपय वृद्धवृद्धा बिरामी बनेको बताइएको छ ।
एउटै टोलमा ६ जनाले ज्यान गुमाएपनि मृत्यु हुनाका कारण पत्ता लाग्न सकेका छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us