नेपाल भाषा र संस्कृति प्रवद्र्धन गर्नमा जोड

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ८:२९ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक–नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा केशवमान शाक्यले मुलुकमा प्रचलनमा रहेका विविध भाषा, साहित्य तथा संस्कृतिको संरक्षण गर्ने गरी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गर्नुपर्ने बताएका छन ।
ओमबहाल क्षेत्रका बासिन्दासँगकोे छलफलमा काठमाण्डु निर्वाचन क्षेत्र नं ९ का उम्मेदवारसमेत रहेका अध्यक्ष शाक्यले विगतमा आफ्नो दलले राष्ट्रिय राजनीतिलाई सही दिशा निर्देश गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाल भाषा तथा संस्कृति लोपोन्मुख हुँदै गइरहेकाले त्यसको प्रवद्र्धन गर्न पार्टीले विशेष जोड दिएको पनि उनले बताए ।
उनले स्थानीय तहमा रहेका ऐतिहासिक महत्वका स्मारक, मठमन्दिर, चैत्यलगायत संरक्षण गर्न पार्टी सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । सो दलका तर्फबाट देशव्यापी रुपमा विभिन्न १४ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा ५४ समानुपातिक उम्मेदवार सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us