बिश्वको ध्यान तानियो चिनिया कम्युनिष्ट पार्टीको बैठकमा

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते ५:४४ मा प्रकाशित

बेइजिङ–चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक शनिबार सुरु हुँदैछ। चीनले सुधारलाई चौतर्फी रुपमा गहन पार्ने महत्वपूर्ण अवधिमा आयोजना हुँदै गरेको यो बैठकले ठूलो ऐतिहासिक र चीनको भविष्यलाई नयाँ रोड म्याप प्रदान गर्ने विश्लेषकहरुले बताएका छन्।Xi-Jin-Ping

अमेरिकी पूर्व-वित्तमन्त्री हेनरी पाउल्सनले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले प्रदान गर्ने नयाँ निर्णयले चीनलाई सक्रिय तथा दीर्घकालीन विकास दर्शाउने बताए। चीनको आर्थिक ढाँचा बदल्नका लागि पूँजी वितरण क्षमता बढाउने, मध्य तथा साना व्यवसायलाई अवसर प्रदान गर्ने, उपभोग सुधार आदि विषय समावेश हुने उनको अनुमान छ ।

रुसका उच्च अर्थशास्त्र स्कूलका ताजगीकरण अध्ययन केन्द्रका प्रमुख अलेक्सेइ मास्लोभले चीनले सुधारलाई प्रमुखता दिई सामाजिक निष्पक्षताको स्थापना गर्ने बताए।

फ्रान्सेली प्रसिद्ध अर्थशास्त्री लिवोनल भेरोनले विगत तीस वर्षभन्दा बढी समयमा धेरैजसो चिनियाँको जीवन स्तर स्पष्ट रुपमा सुधार भएको बताउँदै विभिन्न क्षेत्रका सर्वसाधारणको जीवनस्तर उकासिएको बताए। हाल चिनियाँ सर्वसाधारणको अपेक्षामा परिवर्तन आएको,भ्रष्टाचारलगायत समस्यासम्बन्धी मानिसको चासो बढेको र त्यससम्बन्धी सुधार पनि जरुरी भएको पनि उनले बताए।

जर्मन ऊर्जबर्ग विश्वविद्यालयको चीनसम्बन्धी विशेषज्ञ डोरिस फिस्चरले विगतदेखि सुधारिँदै आएको चीनको आर्थिक विकासलाई चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले अझ बढी सक्रिय बनाउने संकेत निकालेर चीनको विकासलाई बढाउने अपेक्षा आफूले लिएको बताए। Source : CRI

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us