विराटनगर, कात्तिक–एकीकृत नेकपा माओवादीको बहुचर्चित मेची महाकाली राष्ट्रिय जागरण अभियान टोली बुधवार विराटनगर पुगेको छ । झापाको काँकडभिट्टाबाट विहान ९ बजे सुरु भएको अभियान बिर्तामोड, दमक, मोरंङको उर्लाबारी, पथरी, वेलबारी, विराटचोक, सुनसरीको इटहरी, दुहवी हुँदै मारङको विराटनगर पुगेको हो । काँकडभिट्टामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।
सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले इतिहाँसका विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दल र त्यसका नेतालाई पुरस्कार स्वरुप जनताले राज्य संञ्चालनको जिम्मेवारी दिने गरेको स्मरण गराउदै यसपटक एकीकृत नेकपा माओवादीलाई पूर्ण बहुमत दिन आग्रह गरे । राणा शासन विरोधी आन्दोलनको नेतृत्व गरे वापत जनताले २०१५ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसलाई दुईतिहाई बहुमत दिएको र २०४६ सालको आन्दोलनमा खेलेको सक्रिय भूमिकाको निम्ति पनि उसलाई बहुमत दिए पनि काँग्रेसले त्यसलाई बचाउन नसकेको प्रचण्डको तर्क थियो ।
“दुई पटक बहुमत पाउँदा पनि बुढो रुखको भारीले किचिएर काँग्रेस उठ्नै नसक्ने गरी थला प¥यो” प्रचण्डले थपे “अब काँग्रेसबाट देशको समृद्धि सम्भव छैन” प्रचण्डले भने–“हिङ्ग नभएपनि हिङ्ग बाँधेको टालो बाँकी थियो, गिरिजाप्रसाद कोइरालाको देहावसानसँगै त्यो पनि सिद्धियो ।” त्यस्तै २०५१ सालपछि एमालेलाई पनि जनताले हेर्न खोजेको भन्दै प्रचण्डले मदन भण्डारी जस्तो गतिशील नेतालाई बचाउन नसकेर एमाले गंभीर विचलनमा फसेको टिप्पणी गरे । एमाले अहिले विचार र नेतृत्वविहीन भएको प्रचण्डको भनाइ थियो ।
२०१५ र २०४६ मा काँग्रेसलाई बहुमत दिनु र २०५१ पछि एमाललेलाई हेर्न खोज्नु जनताको विवेकशील निर्णय भएको भन्दै प्रचण्डले सो अवधिमा ती पार्टीले जनताको लागि सिन्को पनि नभाँचेकोले अब बहुमत पाउने पालो एकीकृत नेकपा माओवादीको भएको जिकिर गरे । “पहिले पहिले पनि जसको नीति उसकै नेतृत्व भयो । अहिले पनि त्यही हुनुपर्छ । संविधानसभा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता, समावेशी लोकतन्त्र माओवादीका एजेण्डा र नीति हुन, त्यसैले यसपटक आफुहरुले राज्यको नेतृत्व गर्न पाउनुपर्छ” प्रचण्डको दाबी थियो ।
काँकडभिट्टाको चुनावी सभामा एमाओवादी नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले परिवर्तनको नेतृत्व गरेको शक्तिले पूर्ण बहुमत नपाउँदा संविधान पनि बन्न नसकेको र उपलब्धि संस्थागत हुन नसकेको बताए । जसको नीति उसको नेतृत्व नभएसम्म देशले निकास नपाउने भन्दै भट्टराईले एकीकृत नेकपा माओवादीलाई दुइतिहाई बहुमत दिन आग्रह गरे । एकीकृत नेकपा माओवादी एउटा पार्टी मात्र नभएर राष्ट्रिय एकताको बाहक शक्ति भएको दावी गर्दै भट्टराईले भने “ प्रचण्डको नेतृत्वमा यो देशलाई हाँक्नसक्ने अन्तराष्ट्रिय रुपमा स्थापित नेताहरुको टिम छ । राष्ट्रको जिम्मा लिने अभियान काँकडभिट्टाबाट सुरु भएको छ ।”
यसैगरी नेता नारायणकाजी श्रेष्ठले अबको चुनावबाट स्थिर सरकार गठन गरी समृद्ध नेपाल निर्माणको लागि एकीकृत माओवादीलाई बहुमत दिन आग्रह गरे । संविधान र विकासको निम्ति एमाओवादीको विकल्प नरहेको श्रेष्ठले बताए ।
मोरङको उर्लाबारीमा आयोजित सभालाई सो क्षेत्रबाट प्रत्येक्षतर्फ उम्मेद्वारी दिएका नेता वर्षमान पुनले पनि सम्बोधन गरेका थिए । अभियान अन्तरगत बुधवार सम्पन्न भएका १० वटा जनसभामा करिब ३५ हजारको संख्यामा जनसहभागिता रहेको आयोजकहरुले जनाएका छन् । बुधवारको अभियानमा एकीकृत माओवादीको तर्फबाट झापा क्षेत्र नं ७ का उम्मेद्वार गोपाल किँराती पनि सहभगी थिए ।
अभियान टोली विहीवार विहान ८ बजे सुनसरीको लौकही, ९ बजे सप्तरीको कञ्चनपूर, साढे १० बजे रुपणी, १२ बजे सिराहाको लहान, १ बजे गोेलबजार, साढे १ बजे मिर्चैया, साढे २ बजे धनुषाको विरन्द्रनगर, सवा ३ बजे ढलकेबर, पौने ४ बजे महेन्द्रनगर, र साँझ ६ बजे जनकपूर पुग्ने कार्यक्रम रहेको छ ।
मेचीमहाकाली राष्ट्रिय जागरण अभियानमा एमाओवादीका स्थानीय उम्मेद्वार, पार्टी कार्यकर्ता र जनताको सहभागिता रहने गरेका छन । अभियान कात्तिक २७ गते कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरी समापन हुनेछ ।
प्रचण्डले नेपाल भारतको सीमा समस्यालाई कुटनीतिक पहल गरी समाधान गर्ने बिश्वास दिलाएका छन ।‘अघिल्लो संबिधानसभामा हामीलाई ठूलो दल बनाउनु भयो तर बहुमत प्राप्त भएन,अव हामीलाई बहुमत प्राप्त होस भन्ने चाहन्छौ,हामीले पूर्ण बहुमत र संघीयता पक्षधरको दुई तिहाई बहुमत हुँदा मात्रै संबिधान बन्छ र मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढछ ।’
काँकडभित्तालाई आर्थिक नाकाको रुपमा सुदृढ गरी शहरीकरण गरिने आश्वसन दिदै प्रचण्डले भारतीय सीमाबाट आउने हात्ती आतंकबाट पीडित जनताका समस्या समाधान गर्न पहल गर्ने आश्वसन पनि दिए । प्रचण्डले मजदुरहरुका समस्या प्रति आफनो पार्टी गम्भीर रहेको भन्दै पारिश्रमिक बृद्धिका लागि पहल गर्ने आश्वसन पनि दिए ।
तराई मधेशका २२ जिल्लाका एक सय ११६ वटा निर्वाचन क्षेत्रमा पुग्ने गरी सुरु गरिएको अभियानको उदघाटनमा एकीकृत माओवादीका अर्का बरिष्ठ नेता डा बाबुराम भट्टराईले पूर्ण बहुमत नहुँदा विगतमा आफनो दलले चाहेर पनि संबिधान निर्माण र मुलुलकलाई समृद्धिको दिशमा लैजान नसकिएको बताए । ‘जसको एजेण्डा उसको नेतृत्व भएमा मात्रै संबिधान बनाउन सकिन्छ मुलुकलाई समृद्ध पनि बनाउन सकिन्छ ।’
अभियानका क्रममा ५० भन्दा बढी स्थानमा कोणसभा गरिने छ । सभालाई अध्यक्ष प्रचण्ड र नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठका साथै सम्बन्धित जिल्लाका उम्मेदवारले सम्बोधन गर्नेछन् । यस्तै अभियानमा केन्द्रीय र स्थानीय सांस्कृतिक टोली पनि रहने माओवादीले जनाएको छ ।
अभियान टोलीका साथमा हरेक राज्य समितिलाई एक सयवटा मोटरसाइल र्यालीका लागि तयार पार्न निर्देशन गरिएको माओवादीले जनाएको छ । अभियान टोलीलाई खाना, खाजा र बासको व्यवस्था सम्बन्धित राज्य समितिले गर्ने बताइएको छ ।
मेची महाकाली राष्टिय अभियान
कात्तिक २१ गते
सुनसरी लौकही ८ बजे
सप्तरी कञ्चनपुर ९ बजे
रुपणी १० : ३० बजे
सिराहा
लहान १२ बजे (खाना)
गोलबजार १३ बजे
मिर्चैया १३:३० बजे
धनुषा
वीरेन्द्रनगर १४:३० बजे
ढल्केबर १५:१५ बजे
महेन्द्रनगर १५:४५ बजे
जनकपुर १६:२० बजे (बास)
कात्तिक २२ गते
महोत्तरी
बर्दिवास ८ बजे
सर्लाही ९:३० बजे
हरिवन १०:०० बजे
कर्मैया १०:४५ बजे
रौतहट
चन्द्रनिगहपुर ११:१५ बजे (खाना)
बारा
निजगढ १३:०० बजे
सिमरा १४:३० बजे
पर्सा
वीरजंग १६:३० बजे (बास)
कात्तिक २३ गते
मकवनपुर
हेटौंडा ७:३० बजे
चितवन
रत्ननगर ९:०० बजे
भरतपुर १०:०० बजे
नवलपरासी
गैंडाकोट १०:३० बजे
कावासोती ११:३० बजे (खाना)
अरुणखोला १२:३० बजे
बर्दघाट १३:३० बजे
सुनवल १५:०० बजे
रुपन्देही
खैरेनी १५:४५ बजे
बुटवल १६:३० बजे (बास)
कात्तिक २४ गते
सालझण्डी ८:०० बजे
४ नम्बर जितपुर ९:०० बजे
चन्द्रौटा १०: ०० बजे
भालुवाङ ११:०० बजे
लमही १२:०० बजे (खाना)
घोराही १३:०० बजे
तुलसीपुर १४:०० बजे
नेपालगंज बास
कात्तिक २५ गते
नेपालगञ्ज ८:०० बजे
गुलरिया ११ बजे (खाना)
राजपुर १३ बजे
टिकापुर १६ बजे
लम्की बास
कात्तिक २६ गते
लम्की ८ बजे
मसुरिया ९ बजे
अत्तरिया ११ बजे
धनगढी १३ बजे (खाना)
गुलरिया १४ बजे
महेन्द्रनगर १५ बजे (अभियानको समापन, बास)
कात्तिक २७ गते धनगढीमा पत्रकार सम्मेलन काठमाण्डु प्रस्थान