वैद्य माओवादीको बहिस्कार रणनीति कस्तो ?

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते ९:३१ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– मंसिर ४ को संविधानसभा निर्वाचन बहिस्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले चुनाव नजिकिँदै जाँदा आक्रमणका गतिविधि mohan-baidyaह्वात्तै बढाउने रणनीति तय गरेको छ । यसका लागि नेता–कार्यकर्तालाई पार्टीको मुल नेतृत्वले निर्देशनसमेत दिएको छ ।
संविधानसभाका उम्मेदवारमाथि नै आक्रमण गर्ने सम्मका योजना बनाएर नेता–कार्यकर्ता प्रशासनको निगरानीभन्दा बाहिर बस्न थालेका छन् । त्यसैअनुसार उपाध्यक्ष सिपी गजुरेल र सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना निजी सुरक्षाकर्मीलाई काठमाण्डुमै छाडेर राजधानीबाहिर गएका छन् ।

अन्य शीर्ष नेताले समेत चाडै नै राज्यले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) छाडने वैद्यनिकट स्रोत बताउँछ । अध्यक्ष मोहन वैद्यसहित धेरैजसो नेतले पुराना मोबाइल नम्बरको ठाँउमा नयाँ नम्बर लिइसकेका छन् । पुराना मोबाइल नम्बर स्वीच अफ गरिएको छ ।

सरकारी सुरक्षा निकायले मोवबइल टेपिङ देखि एसएमएससम्म हेर्न थालेको भन्दै नेताहरुले मोबाइल नम्वर फेरेका हुन । सकेसम्म संवेदनशिल कुरा मोबाइलबाट नगने उनीहरुले योजना बनाएका छन् ।

यस्तै मोबाइलमा गोप्य कुराकानी नगर्न समेत नेता कार्यकर्तालाई उपल्लो निकायबाटै सचेत गराइएको छ । माओवादीले चुनावको मुखमा मोबाइल टावर नै हान्नसक्ने आँकलन सुरक्षा निकायले गरेका छन् । चुनावको मुखमै स१चार सम्बन्ध विच्छेद गर्नसके उथलपुथल हुन सक्ने निष्कर्ष निकाल्दै वैद्य माओवादीले टोलिफोन टावर हान्ने रणनीति तय गरेको छ ।
वैद्य माओवादीले चुनावमा जनता, प्रहरी, सेना, प्रशासन र राजनीति दलका स्थानीय नेता–कार्यकर्तालाई आक्रमण गर्ने र उत्तेजित पार्ने कुनै योजना बनाएको छैन । बरु सो पार्टीले केही आफ्नो बहिस्कार आन्दोलनको सम्पूर्ण शक्ति निर्वाचन आयोगका सामग्री कब्जा र उम्मेदवारविरुद्ध लगाउने तयारी गरेको एक नेताले बताए ।

उम्मेदवार कब्जा गरी निर्वाचनसम्म थुन्ने र कतिपय ठाँउमा उम्मेदवारलाई नै आक्रमण गर्ने नीति वैद्य माओवादीकाले बनाएको छ । केन्द्रीय सदस्य रामदीप आचार्यले सशक्त बहिस्कारका लागि २ सय ४० वटै क्षेत्रमा तयारी भएको बताए ।

उनका अनुसार उम्मेदवारलाई गाँउ प्रवेशमा रोक, भष्ट दलाल र जनविरोधी उम्मेदवारमाथि कारबाही, तेल, पेट्रोल र अत्यावश्यक दैनिक उपभोग्यवस्तुबोहक भारतीय नम्बर प्लेटका सवारी सञ्चालनमा रोक लगाउने र उम्मेदवारले प्रयोग गरेका भारतीय गाडी जलाउने, निर्वाचन शिक्षा साम्रगी कब्जा गर्ने र चुनावमा खटिने सुरक्षाकर्मीलाई असहयोगका लागि आग्रह गर्ने नीति छ ।
वैद्य माओवादीका नेता–कार्यकर्ताले यसपपटक चुनाव लड्ने उम्मेदवारसँगको साधन स्रोत कब्जा गर्ने नीति पनि तय गरेका छन् । चुनावमा परिचालन हुने आर्थिक स्रोत सकेसम्म कब्जा गर्ने पनि नीति रहेको छ । चुनावमा सकेसम्म धेरै पूर्वलडाकुहरु प्रयोग गर्ने पनि उनीहरुको तयारी छ ।

चुनाव बहिस्कारको राजनीतिक नेतृत्व नेत्रविक्रम चन्द र सैन्य नेतृत्व केन्द्रीय सदस्य तथा पूर्वलडाकु कमान्डर उदयबहादुर चलाउनेले पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us