काँग्रेस–एमालेका ठूला नेता को–को समानुपातिकमा ? (काँग्रेस र एमालेको सूचीसहित)

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते १५:५० मा प्रकाशित

काठमाण्डु– नेपाली काँग्रेस र एमालेका प्रत्यक्षतर्फ निर्वाचन नलडेका अधिकांश नेता समानुपातिक उम्मेदवार बनेका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको बन्दसूचीमा ती दलका प्रत्यक्ष उम्मेदवार नबनेका सबै केन्द्रीय नेताको नाम छ । काँगेसले कोषाध्यक्ष चित्रलेखा यादव, नेतृ सुजाता कोइराला, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, प्रदिप गिरी, डा.मिनेन्द्र रिजाल, डा. प्रकाशरण महतलाई समानुपातिक उम्मेदवार बनाएको छ ।
यस्तै आनन्दप्रसाद ढुंगाना, ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङ, मानहादुर विक, महेन्द्र यादव, नरेन्द्रविक्रम नेम्वाङ, दिलबहादुर घर्ती, लीला कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पत्नी आरजु राणा पनि समानुपातिमा परेका छन् ।
यस्तै एमालेबाट उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य भरतमोहन अधिकारी पोलिट्ब्युरो सदस्य प्रदीप नेपाल, महेन्द्र पाण्डे, केशव वडाल, अष्टलक्ष्मी शाक्य, वंशीधर मिश्र, धर्मनाथप्रसाद साह, परशुराम मेघी गुरुङ र अखिलकी पूर्वअध्यक्ष रामकुमारी झाँक्री समानुपातिकमा परेका छन् । एमालेले नायक भुवन केसीको नाम पनि बन्दसूचीमा राखेको छ ।
केसीलाई काठमाण्डु–१ बाट टिकट दिइए पनि आन्तरिक विवाद चुलिएपछि एमालेले उनको टिकट खासेको थियो । यस्तै नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे, राप्रपा अध्यक्ष सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, तमलोपा महामन्त्री
गोविन्द चौधरीलगायतका नेता समानुपातिक सूचीमा परेका छन् ।
काँग्रेसको समानुपातिक उम्मेदवारको सूची हेर्न यहाँ क्लिक गर्नुहोला

एमालेको समानुपातिक उम्मेदवारको सूची हेर्न यहाँ क्लिक गर्नुहोला

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us