ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते ३:५९ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक–  दक्षिण कोरिया जान चाहने कामदारका लागि लिइएको रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
४४ हजार १ सय ३७ परीक्षार्थीमध्ये ८ हजार ७ सय २२ जना उत्तीर्ण भएका छन् । गत असोज २० र २१ गते भएको परीक्षाको ईपीएस कोरिया शाखाले सोमबार नतिजा प्रकाशन गरेको हो ।

ईपीएस शाखाका अनुसार उत्तीर्णमध्ये ३ हजार ७ सय ६२ जना कृषि तथा ४ हजार ९ सय ६० जना औद्योगिक काकमा लागि जानेछन् । ईपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले भाषा परीक्षा उत्तीर्ण हुँदैमा कोरिया जाने निश्चित नहुने भएकाले ढुक्क नहुन आग्रह गरेका छन् ।
परीक्षाफल इपीएस कार्यालयको वेबसाइट डब्लु डब्लु डब्लु डट इपीएस नेपाल डट जीओभी डट एनपी तथा वैदेशिक रोजगार विभागको वेबसाइट र इपीएस कार्यालय ग्वार्कोको सूचना पाटीमा हेर्न सकिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us