निर्वाचन सुरक्षामा खटिएको सैनिक गाडी दुर्घटना

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते १०:५७ मा प्रकाशित

धनकुटा, ३ कात्तिक– चुनावी सुरक्षाका लागि खटिएको नेपाली सेनाको टोली सवार गाडी धनकुटामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुईका अवस्था गम्भीर छ । चुनावी सुरक्षाका लागि पूर्वी पृतना इटहरीबाट सेना लिएर धनकुटातर्फ जाँदै गरेको लु १ ग ९६ नम्बरको सेनाको गाडी भेडेटार–मुलघाट सडकको कार्कीछाप नजिकै ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
एक्कासि ब्रेक फेल भएपछि चालकले भित्तामा ठोक्काएका कारण गाडी भिरबाट खस्नबाट जोगिएको धनकुटा प्रहरीले जनाएको छ ।
घाइतेको धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत गृह मन्त्रायले ४ मंसिरको संविधानसभा निर्वाचन सुरक्षार्थ आइतबारबाट देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा सेना परिचालन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us