सावधान ! सेक्स गर्दा गर्दै ज्यान जानसक्छ

काठमाण्डु टुडे २०७० असोज ३१ गते ४:४९ मा प्रकाशित

काठमाण्डु -सेक्स जीबनमा अत्यावश्यक छ । तर, यही मृत्युको कारण बन्न सक्छ । वैज्ञानिक अनुसन्धानबाट सेक्सले ज्यानै लिनसक्ने तथ्य पत्ता लागेको छ ।

मार्सुपियल्स अर्थात् स्तनपायी प्रजातीले यति धेरै तिव्रताका साथ सहवास गर्छन् की सहवास गर्दागर्दै उनीहरुको मृत्यु पनि हुन्छ । कतिपय स्तनपायीले लगातार १४ घण्टासम्म सहवास गर्न सक्छन् । यो तथ्य क्वीसल्याण्ड विश्वविद्यालयकी डा. डायना फिशर नेतृत्वको वैज्ञानिकहरुले पत्ता लगाएका हुन् । यो अध्ययन प्रतिवेदन पीएनएएस जर्नलमा प्रकाशित छ ।

वैज्ञानिकहरुले अष्ट्रेलिया, दक्षिण अमेरिका र पपुआन्युगिनीमा साना र किरा फट्याङ्ग्रा खाने ५२ स्तनपायी जीवको यौन व्यवहारको अध्ययन गरेका थिए । यसबाट के पत्ता लाग्यो भने एन्टेचाइनस, फेसकोगेल, डेसीकालुटा जस्ता जीवलाई पीता बन्न आफ्नो ज्यान दिनुपर्ने स्थिति आयो ।

ज्यानको जोखिम बन्ने यो प्रवृत्ति खासगरी बर्षको एकपटक अत्यधिक खाना हुने क्षेत्रमा पाइएको थियो । यो समयमा पोथीहरुले धेरैसँग सहवास गर्छन् र राम्रो गुण भएको शुक्राणु धारण गर्छन् । भालेहरुले पोथीसँग सहवास गर्नुअघि कतिपयबेला आफ्ना विरोधीहरुसँग लडेर पुरुषार्थ देखाउनु पर्ने स्थिति पनि आउँछ । सबैलाई हराएर सहवास गर्दा उनीहरुमा टेस्टोरोन हार्मोनमा बदलाव आउँछ । डा. फिशर भन्छिन् कि यसले तनावको स्तरमा बृद्धि हुन्छ । जसबाट गुज्रन उनीहरु सफल हुँदैनन् र ज्यान जान्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us