पाहुना आउँदा बैद्यले पिउछन् दुई पेग मदिरा

काठमाण्डु टुडे २०७० असोज २२ गते ११:०९ मा प्रकाशित

Baihyaमोहन वैद्य ‘किरण’ नेकपा–माओवादीका अध्यक्ष हुन् । उनी बिहान चार बजे उठ्छन् । उठेपछि सबैभन्दा पहिले उनलाई चिया चाहिन्छ । घरमा दूधको चिया बन्दैन, कालो चिया पिउँछन् । उनी बिहान आधा घन्टा समाचार सुन्छन र पत्रपत्रिका पढ्छन् । बिहानै ६ बजेदेखि भेट्न आउने कार्यकर्ताको भीड लाग्छ । बिहानको खाना प्रायः दस बजेतिर हुन्छ, किरणकी श्रीमती सुष्मा वैद्यले श्रीमान्को दिनचर्या सुनाइन् ।

परिवारका सदस्यका अनुसार दाल, भात, तरकारी र अचार उनको बिहानको रोजाइको खाना हो । हरियो साग बढी मन पराउँछन् । पिडालुको साग त झनै रुचाउँछन् । उनी प्रायः घरमा रहँदैनन् । पार्टी काममा कहिले कता, कहिले कता भइरहन्छन् । उनी बाहिर निकै कम खाजा खान्छन् ।

खाजामा उसिनेको मकै मन पराउँछन् । उनी प्रायः कुनै सार्वजनिक भोजभतेर रपार्टीमा खाना खाँदैनन् । उनी औषधि लिन्छन्, त्यसैले खाना सकेसम्म घरमै खान रुचाउ“छन् । ‘माछा, मासु कम रुचाउनुहुन्छ,’ सुष्मा वैद्य भन्छिन्, ‘खाए पनि एक÷दुई टुक्रा मात्र ।’ यी नेता पनि कहिलेकाहीँ आप्mनो पार्टीका कमरेडसँग बस्दा हल्का मदिरा पिउने गर्छन् । ‘कहिलेकाहीँ पाहुना, साथीहरूसँग ग्यादरिङ हुँदा र विशेष मान्छे आउँदा हल्का लिनुहुन्छ,’ सुष्मा वैद्य भन्छिन् ।

किरणको कपडामा पनि त्यति रुचि छैन । पहिले उनी कोट पनि लगाउँदैनथे । संविधानसभा सदस्य भएपछि त्यसैका लागि उनले कोट सिलाए । पार्टीको समानुपातिक सभासद् भए र कोट लगाउन थालेका हुन् । उनि अहिले प्राय सर्ट, पाइन्टमै देखिन्छन । बजारमा आउनै लागेको समयबोध मासिकको दशै अंक ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us