
उदयपुर, १६ असोज–नेकपा एमालेका समानुपातिकतर्फका उम्मेदवार लालसेर राईको घरको छतबाट खसेर मृत्यु भएको छ । त्रियुगा नगरपालिका २ स्थित रियाज सप्लायर्स एन्ड टेड्रर्स पेट्रोलपम्पको तीन तलामाथीबाट खसेर उनको मृत्यु भएको हो । उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ ७ बजे मृत्यु भएको राजधानी दैनिकमा खबर छ ।
पूर्वमेयरसमेत रहेका राईलाई एमालेले समानुपातिक तर्फको उम्मेदवारको सूचीमा राखेको छ ।