महिनौंदेखि घाँस खान बाध्य सिरियाली जनता

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १३:११ मा प्रकाशित

सिरिया-सिरियास्थित दमिश्कको उपनगरीय क्षेत्र मोदामियामा नाकाबन्दीका कारण फसेका हजारौं सिरियाली जनताले अन्ततः त्यहाँबाट निस्कने अनुमति पाएका छन् । बीबीसीका अनुसार मानिसहरुले त्यस क्षेत्र छोडिरहेका छन् । उनीहरु मार्च महिनादेखि त्यहाँ अलपत्र थिएँ ।

मोदामियामा अत्यावश्यक सामाग्री आपूर्ती निकै कम भइरहको  थियो, जसका कारण त्यहाँ रहेका सिरियाली जनताले भोकसँग बच्नका लागि अपिल गरेका थिए । सरकारी सेनाको नाकाबन्दीका कारण सो क्षेत्रबाट निस्कन जनतालाई मुस्किल परेको थियो ।

इस्लामविरुद्ध कुकुर–बिरालो खान बाध्य

यसअघि सिरियाली सेनाले दमिश्कमा मोदिमिया जस्तो विद्रोहीहरुद्वारा कब्जा गरिएको क्षेत्रको ‘कि आत्मसमर्पण गर्नुपर्छ कि भोकै मर्नुपर्छ’ भनेको थियो । सरकारी सेनाले दमिश्कमा पर्ने कम्तिमा तीन उपजगरीय क्षेत्रम यारमोक, उत्तरी घौटा, मोदामियामा केही महिनादेखि नाकाबन्दी गरेका थिए ।

ती महिनाहरुमा बाच्नका लागि मुस्लिम धर्मगुरुहरुले कुकुर, बिरालोका मासु खान अनुमति दिएको थिए । इस्लाम धर्ममा यी जनावरहरुको मासु खान अनुमति छैन ।

syria_civilians

घाँस खान बाध्य

मोदामियामा स्थिति बिग्रने आशंकामा केही महिना अघिदेखि संयुक्त राष्ट्र संघले मदतका अपिल गरिरहेको थियो । मोदामिया छाडेने क्रममा एक महिलाले भनिन्, ‘हामीले पछिल्लो नौ महिना रोटीका एक टुक्रा पनि देख्न पाएनौं, हामी घाँस र पात खाइरहेका थियौं ।’

मानिसहरुलाई त्यहाँबाट निकाल्ने जिम्मेवारी पाएका सामाजिक ममला मन्त्री किंडा अल शमामतले हतियारधारी विद्रोहीहरुको मोदामियामा घुसपैठ भउको आरोप लगाएका छन् । उनले उनीहरुलाई चरमपन्थीको संज्ञा समेत दिएका छन् ।

syria_civilians_2

तर, विद्रोहीहरुले सो उपनगरमा पाइला नराखेको दावी गर्दै सरकारले त्यहाँका मानिसलाई आत्मसमर्पण गर्न बाध्य पारिरहेको आरोप लगाएका थिए ।

पोलियोका खतरा

विश्व स्वास्थ्य संगठनले सिरियामा पोलियो लागेका १० मानिसको पुष्टि गरेको छ । अन्य १२ को परीक्षण भइरहको जनाइएको छ । १४ वर्षपछि यहाँ पहिलोपटक पोलियो देखिएको हो ।

२०११ मा सिरियामा गृहयुद्ध सुरु हुनुअघि बच्चाहरुलाई पोलियोको भयाक्सिन दिएको थियो । तर, अहिले ५ लाख बच्चाहरु भ्याक्सिनबाट वञ्चित भइसकेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us